त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा
शुक्रबार, २४ असार २०७९, ०६ : २१
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए ।
विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् । त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै देउवाले पुनर्निर्माणमा पहल गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा