हलिउड स्टार जेम्स कानको निधन
शुक्रबार, २४ असार २०७९, १३ : ४४
हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो । मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन् । पोस्ट सेयर गर्दै कानका परिवारले लेखेका छन्, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं । ६ जुलाईमा कानको निधन भएको छ ।’ पोष्ट सार्वजनिक पछि कानका फ्यान र सम्पूर्ण उद्योगका साथीहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
कानको पूरा नाम जेम्स एडमन्ड कान हो । उनले १९६३ मा आएको फिल्म ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्म अभिनय गरेका छन् । कान त्यस्तो अमेरिकी अभिनेता हुन्, जसले ४ गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए । उनले ४ विवाह गरेका थिए, जसबाट ५ सन्तान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण