विम्बल्डन टेनिस : जोकोभिच फाइनलमा
शनिबार, २५ असार २०७९, ०६ : ४१
बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे ।
अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।
यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले दिएन ‘धन्यवाद ज्ञापन’ गर्न, राष्ट्रियसभा बैठक अवरुद्ध
-
सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन
-
कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत
-
काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)