नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने
नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । इलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष विप्लव घोषले जनाएका छन् । अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ ।
नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अगाडी एक पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । संघको बार्षिक कार्यक्रम अन्तर्गत नै यो तालिम आयोजना हुने भएको हो ।
नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएको छ । तालिमको व्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ । यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. एकले सहयोग गरेको छ । साथै बिशेष सहयोगीमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण