महिला युरो : समूह ‘सी’ का दुबै खेल बराबरी
महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरी खेले ।
शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर पारिन् ।
तर, पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड अंक बाढ्न बाध्य बन्यो । खेलको ५८ औं मिनेटमा गिएना गोमेजले गोल गर्दै पोर्चुगललाई २–१ को अवस्थामा फर्काइन् । यसपछि ६५औं मिनेटमा जेसिका सिल्भाले गोल गरेपछि खेल २–२ को बराबरीमा टुङ्गियो ।
दोस्रो खेलमा भने साविक विजेता नेदरल्यान्ड्सविरुद्ध स्वीडेनले अग्रता लिएको थियो । स्वीडेनकी जोना एन्डरसनले ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, ५२औं मिनेटमा जिल रुर्डले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरीमा फर्काइन् ।
बराबरीमा रोकिएसँगै समूहका सबै टिमले समान एक अंक जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण