चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख जीवन खत्रीले बताए ।
उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना अगाडि सारेको जानकारी दिए ।
नगरभित्रका विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रतिव्यक्ति रु १५ मा नगरपालिकाले रु १० थपेर रु २५ पुर्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण