छात्रालाई दुर्व्यवहार प्रकरण : शिक्षकको दावी- मानवीय नाताले डेरामा छाड्न गएको हो, दुर्व्यवहार गरेको छैन
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकले सो आरोप अस्वीकार गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी छिन् । तर, आरोपित शिक्षकले दुर्व्यवहार नभएको जिकिर गरेका हुन् ।
छात्रालाई दुर्व्यवहार गरेको अस्वीकार गर्दै ढुंगानाले रातोपाटीसँग भने,‘मानवीय नाताले डेरामा छाड्न गएको थिएँ, त्यहाँ दुई मिनेट बसेर फर्केको हुँ ।’ छात्रालाई उचालेर चुम्बन गरेको आरोप ‘अनर्गल’ भएको उनको दाबी छ । असार २७ मा भएको भनिएको सो घटनाबारे अगुवा विद्यार्थीहरुले भने प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् ।
दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई गरेको गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण