बुटवलको होटलमा किशोरीको मृत्यु प्रकरण, सँगै बस्ने युवकको पहिचान अझै खुलेन
बुटवलको एक होटलमा शनिबार मृत फेला परेकी किशोरीसँगै कोठामा बसेका युवकको पहिचान अझै हुन सकेको छैन । घटनामा संलग्न रहेको आशङ्कामा ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि प्रहरीले अझैसम्म होटलमा सँगै बस्ने युवक को थिए भन्ने पत्ता लगाउन नसकेको हो ।
बुटवल–२ पाखा पानीकी १६ वर्षकी समीक्षा गुरुङ बुटवलको गोलपार्कमा रहेको पाल्पाली होटेलमा मृत भेटिएकी थिइन् । शुक्रवार साँझ साथीसँग आधा घण्टाको लागि भन्दै घरबाट हिँडेकी गुरुङ शनिवार होटलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
शुक्रबार युवकभन्दा अगाडि गएर होटलमा उनले आफै रुम बुक गरेकी थिइन् । उनी पुगेको आधा घण्टापछि एक युवक त्यहाँ पुगेको प्रहरीको भनाइ छ । रातभर दुई जनासँगै बसे पनि बिहान ८ बजेतिर युवक निस्किएका थिए । तर उनी दिउँसो १२ बजेतिर होटेलको १०५ नम्बर रुममा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले घटनामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताए । उनले अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
आफन्तको बिहेको लागि आएकी थिइन् समीक्षा
बुटवलमा घर भए पनि एसईईपछि स्टाफ नर्सका पढ्नका लागि समीक्षा ब्रिज कोर्सको तयारीका लागि काठमाडौँमा बस्थिन् । उनी आफन्तको बिहेको लागि भननेर बिहीबार बुटवलमा आएकी थिइन् । आएको दिन उनी बुटवलको इँटाभट्टीमा रहेको आफन्तको घरमा बसेको खुलेको छ । शुक्रबार स्कुटरमा आएका एक जना युवकसँग आधा घण्टाको लागि भन्दै घरबाट निस्केकी थिइन् ।
त्यो साँझ उनी बुटवल– ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा दाजु आउने भन्दै रुम बुक गर्न पुगेकी थिइन् । होटेल सञ्चालनले प्रहरीलाई बयान अनुसार उनले रुम बुक गरेको आधा घण्टा पछि मात्रै होटेलमा एक युवक आएका थिए ।
ती युवक शनिवार बिहान ८ बजेतिर बिल तिरेर निस्केका थिए । उनी भने रुममा नै बसेकी थिइन् । पछि १२ बजेतिर बोलाउन जाँदा ढोका नखोलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको रोहवरमा रुम फोडेर भित्र जाँदा उनी पङ्खामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
यता उनीसँग आएका युवक को थिए भन्ने होटेलमा रेकर्ड छैन । कतै नजिकै सीसीटीभीसमेत नभएकाले उनको पहिचान गर्न कठिनाई भइरहेको डीएसपी केसीले बताए । उनले भने, ‘हामीले अहिले होटेल सञ्चालकले दिएको बयानको आधारमा र अन्य विधिबाट अनुसन्धान गरिरहेका छौँ । नियन्त्रणमा लिएर सोधपुछ गरेका धेरै जना युवाहरू उनले काठमाडौँबाट आएपछि भेटघाट भएका साथीहरू रहेका छन् । सबैले ‘भेटघाटपछि छुट्यौँ’ भन्ने मात्र जवाफ दिएका छन् ।’
यता लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुण्डिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण