घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग १० विकेटले पराजित
भ्रमणकारी टोली भारतले घरेलु टिम इङ्ग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ ।
मंगलबार राति लण्डनको ओवलमा इङ्ग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो । इङ्ग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा मोइन अलि १४ रनको योगदान गरे ।
जस्प्रित बुमराहले चिम्किएपछी इङ्ग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण