सुक्खा पहिराेले बुटवल-पाल्पा सडक अवरुद्ध
बुधबार, २९ असार २०७९, ०९ : ३८
बुटवल पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गा सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको छ।
पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको जनाएको छ ।
सडक सूचारु गर्नका लागि पहिरो हटाउने गर्ने प्रयास भैरहेको छ । यो सडकमा वर्खामा पानी पर्दा बेला बेलामा पहिरोले दु:ख दिने गरेको छ । आज भने सुक्खा पहिरो गएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण