हु इज एम अधिकारी ? : सदनदेखि सडकसम्म खोजी (फोटोफिचर)
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त भएका खोटाङ घर भएका ‘एम. अधिकारी’ को व्यापक खोजी भइरहेको छ । ‘एम अधिकारी’ भनेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको धेरैको दाबी छ । यसअघि पनि अधिकारी एमालेकै सोही विभागका सदस्य रहेका थिए । यसपटक गर्भनर पदमा भएका कारण उनको नाम छोटकरीमा ‘एम.अधिकारी’ राखिएको आरोप छ । किनभने कानुनले गभर्नर पदमा रहँदा कुनै पनि पार्टीमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।
यता गभर्नर अधिकारी र एमालेका नेताहरुले एम अधिकारी र गभर्नर अधिकारी फरक फरक व्यक्ति भएको दाबी गरेका छन् । तर यो प्रकरण सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि प्रतिपक्षी दलले ‘एम अधिकारी’ भन्ने व्यक्ति ठ्याक्कै यिनै हुन् भनेर सार्वजनिक गर्न सकेको छैन । यसले गभर्नरमाथि थप आशंका पैदा भएको छ ।
एम अधिकारीको हुन् भन्ने विषय यतिबेला सदनदेखि सडकसम्म पुगेको छ । बुधबार साँझ माओवादी निकट विद्यार्थी संगठनले गभर्नर एमालेकै कार्यकर्ता रहेको पुष्टि भएको बताउँदै राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले गभर्नर अधिकारीको राजीनामासमेत माग गरेका छन् । उता, सेयर बजारका लगानीकर्ताहरु पनि गभर्नरविरुद्ध सडकमा उत्रिएका छन् । हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले खिचेका तस्बिरहरुः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण