रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषित
बुधबार, २९ असार २०७९, २१ : २७
रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्णरूपमा लगाएको हुनु पर्दछ । तोकिएको मापदण्डअनुसार यस वर्ष रोल्पाका चार हजार ४९९ बालबालिकाले खोप लगाएको सुनिश्चित भएकाले रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण