गाई पालनबाट मासिक ८० हजार आम्दानी
धेरै युवाहरूको चाहना हुन्छ, छोटो समयमा धेरै पैसा कमाउने । अधिकांश युवाहरू पैसा कमाउने गतिलो माध्यमको रुपमा वैदेशिक रोजगारी नै रोज्ने गर्दछन्। तर केही यस्ता व्यक्तिहरु पनि छन्, जसले स्वदेशमा पसिना बगाएर मनग्य पैसा कमाउन सफल भएका छन्।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ धन्नलाल बुढाले स्वदेशमै पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ, भने उदाहरण पेस गरेका छन् । उनको स्थायी घर सिंजा गाउँपालिका ६ मा हो । उनी उमेरले २६ वर्ष मात्र पुगेका छन् ।
उनका बुबा लालबहादुर बुढाले २०६९ सालदेखि व्यवसायी रुपमा हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग संचालन गरेका थिए । उच्चशिक्षा हासिल गरेपछि घर परिवारकै सल्लाहमा बुढाले यो व्यवसाय रोजेको बताए । सुरुमा चार वटा उन्नत जातका जर्सी गाईबाट उनले व्यवसाय सुरु गरेका थिए। बुटवलबाट प्रति गाई १ लाख १० हजार हालेर ल्याएका उनको उद्योगमा अहिले १५ वटा गाईहरू रहेका छन् । अहिले फेरि चारवटा भैंसी जोडेका छन् ।
उनी भन्छन् 'दूध बिक्री लागि बजारको कुनै पनि समस्या छैन । दैनिकी करिब ८० देखि ९० लिटरसम्म दूध हुन्छ । ७० प्रतिशत दूध होम सर्भिस गर्ने गरेका छौ।' ३० प्रतिशत दूध जुम्ला बजारमा अवस्थित हस्तना डेरीमा लैजाने गरेको उनले बताए ।
उनलाई जीवन संगिनी रजना बुढाले पनि सहयोग गर्दै आएकी छिन् । रजना विएड चौथो वर्षमा अध्ययन गर्दै छिन् । उद्योगबाट अहिले मासिक १ लाख ८० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् । सबै खर्च कटौती गरेर ८० हजार बच्ने गरेको छ।
हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योगमा दुई जनाले रोजगारी पाएका छन् । विहान बेलुका मल सोर्ने, दूध दुहुने, दिउँसो दानापानी खुवाउने र घाँस काट्ने गर्ने गर्दछन्। उनीहरुलाई मासिक २५ हजार रुपैयाँ दिइएको बुढाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण