शाहरुखको ‘जवान’ का लागि विजय सेतुपतिले लिएनन् शुल्क
बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् । ‘जवान’ को विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । केही दिन पहिले ‘जवान’ मा साउथ सुपरस्टार विजय सेतुपति भित्रिएको खबर आएको थियो । सेतुपति कलाकार राणा दग्गुबातीको ठाउँमा भित्रिएका हुन् ।
अहिले भने विजय सेतुपतिले ‘जवान’ बिना पारिश्रमिक अभिनय गर्न लागेको समाचार बाहिर आएको छ । रिपोर्टका अनुसार शाहरुखसँगको सम्बन्धका कारण फिल्म फ्रिमा गर्न लागेका हुन् । फिल्ममा विजयको छोटो भूमिका रहनेछ ।
साउथकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका रहने फिल्मका निर्देशक एटली हुन् । उनी तमिल फिल्मका निर्देशक पनि हुन् । फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण, सान्या मल्होत्रा, सुनील ग्रोवर लगायतको मुख्य भूमिका रहनेछ । रेड चिली प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘जवान’ का निर्माता गौरी खान हुन् । फिल्मको रिलिज २ जुन २०२३ बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण