सिद्धार्थनगर कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगरमा १२ वर्षमाथिका ६२ हजार १५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । नगरपालिकाका ६२ हजार ९७५ जनालाई पूर्ण मात्रा खोप लगाइएको उनले जानकारी दिए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालिका घोषणा गर्दै पछिल्ला दिनहरूमा कोभिडको संक्रमण फेरि बढ्न थालेकाले सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल लगायतले कोभिडविरुद्धको खोप कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
रुपन्देहीमा यसअघि बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण