लुम्बिनी प्रदेशमा अब रगत सम्बन्धी सम्पूर्ण सेवा निःशुल्क
लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरी प्रदेश सरकारले बिरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा निःशुल्क गर्ने व्यवस्था गरेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकार मातहत रहेका सबै अस्पतालमा रगत निःशुल्क हुने बताए । उनले त्यसका लागि आवश्यक बजेट छुट्याइएको र सबै अस्पतालमा क्रमशः लागु हुने रातोपाटीलाई बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रबीच रगतका लागि लाग्ने सबै सेवा निःशुल्क गर्ने सम्झौता भएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पङ्गेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको छ । यस अघि रगतका लागि आवश्यक पर्ने कभर, ग्रुपिङ, स्टोर म्यापिङ लगायतका गरी ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेकोमा अब निःशुल्क सेवा पाइने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण