लेवान्डोस्की बार्सिलोना जाने
शनिबार, ३२ असार २०७९, १० : ५९
जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।
लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकी छ । सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्कीले क्लबका लागि ३७५ खेल खेलेर ३४४ गोल गरेका छन् ।
युरोपका उत्कृष्ट पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा लेवान्डोस्की छन् । लेवान्डोस्कीले पोल्यान्ड राष्ट्रिय टोलीबाट १३२ खेल खेल्दै ७६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण