४० नाघेपछि विवाह गर्ने ६ बलिउड सेलिब्रेटी
पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदीबीच छिट्टै विवाह चर्चा छ । ४७ वर्षको उमेरमा अभिनेत्री सेनले ललितसँग विवाह गर्न लागेकी हुन् । बलिउड अभिनेत्रीका ४० नाघेपछि विवाह भएको यो पहिलो घटना भने होइन । यस अगाडि पनि केही अभिनेत्री ४० नाघेपछि विवाह गरेका छन् ।
प्रीति जिन्टा : अभिनेत्री प्रीति जिन्टाले लामो समय व्यवसायी नेस वाडियासँग डेट गरिन् । उनीसँग ब्रेकअपपछि प्रीतिले ४१ वर्षको उमेरमा अमेरिकी नागरिक जेन गुडइनफसँग विवाह गरेकी हुन् ।
उर्मिला मातोण्डकर : ‘रंगीला’, ‘जुदाई’ जस्ता हिट फिल्मकी अभिनेत्री उर्मिला मातोण्डकरले ४२ वर्षको उमेरमा विवाह गरेकी हुन् । उर्मिलाले व्यापारी तथा मोडल मोहसिन अख्तरसँग विवाह गरेकी हुन् । उनले गोप्य विवाह गरेकी थिइन् ।
फराह खान : निर्देशक तथा कोरियोग्राफर फराह खानले सन् २००४ मा शिरीष कुन्दरसँग भेट गरेकी थिइन् । त्यतिबेला दुवै ‘मै हुँ ना’ को सुटिङमा व्यस्त थिए । दुईको भेट हुँदा शिरीष फराहभन्दा ८ वर्ष कान्छा थिए । यस्तो अवस्थामा दुवैको डेटिङको चर्चा चलेको थियो । फराहले ४० वर्षको उमेरमा शिरीषसँग विवाह गरेकी हुन् ।
मनिषा कोइराला : मनिषा कोइरालाले पनि ४० वर्षको उमेरमा विवाह गरेकी हुन् । उनले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग विवाह गरेकी हुन् । तर, दुवैको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन ।
नीना गुप्ता : आयुष्मान खुरानाको ‘बधाई हो’ मा देखिएकी अभिनेत्री नीना गुप्ताको जीवन सधैं चर्चामा रहन्छ । नीनाले सन् २००८ मा ५४ वर्षको उमेरमा विवेक मेहरासँग विवाह गरेकी थिइन् । यसअघि नीना वेस्ट इन्डिजका क्रिकेटर विवियन रिचर्ड्ससँगको सम्बन्धमा थिइन् ।
सुहासिनी मुले : अभिनेत्री सुहासिनी मुलेले ६० वर्षको उमेरमा विवाह गरेकी हुन् । सुहासिनी लामो समयदेखि रिलेशनशिपमा थिइन् । तर सन् १९९० मा उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि उनी लामो समय अविवाहित भइन् । १६ जनवरी २०११ मा सुहासिनीले अतुल गुड्डुसँग विवाह गरिन् । विवाहका बेला सुहासिनी र अतुल दुवैको उमेर ६० वर्षभन्दा बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण