बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, ०२ साउन २०७९, १७ : ०७
सोमबार, ०२ साउन २०७९

गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । 

हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो ।  दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप