पानी नपरेपछि किसानले गरे जनप्रतिनिधिलाई बाँधेर पूजा ! (तस्बिरहरु)
साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष सुखडी प्रसाद चौधरी , पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्याएका थिए । उनका अनुसार शिव खुसी पर्दा पानी पर्ने भन्दै स्थानीयले आग्रह गरेर हिजो जनप्रतिनिधिलाई लगेको र आज बिहान महिलाहरूले पूजा गरेको बताइन् । उनले भोलि पूजा सकिने बताइन् ।
‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन रहेछ । अहिले सोही परम्पराअनुसार गाउँका जनप्रतिनिधिहरुलाई स्थानीयहरू लगेका हुन्’, उनले बताइन् । परम्परा यस्तो रहेकाले स्थानीयले विश्वासका साथ यस्तो कार्य गरेकाले आफूहरुले पनि सम्मान गरेको उनको भनाइ छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण