‘इमर्जेन्सी’ निर्देशन गर्दै कंगना
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले चर्चामा छिन् ।
‘इमर्जेन्सी’ उनले नै निर्देशन गर्न लागेको फिल्म हो । देशको सबैभन्दा ठूलो राजनीतिक घटनामा आधारित फिल्ममा उनी आफै पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् ।
फिल्मको फष्टलुक हालै सार्वजनिक भएको थियो । फिल्म आफैले निर्देशन गर्ने कंगनाले एक मिडिया अन्तरवार्तामा बताएकी थिइन् । ‘मैले निर्देशन गरेको पछिल्लो फिल्म मणिकर्णिकाः द क्वीन अफ झाँसीले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । त्यस बेलादेखि म फिल्म निर्देशन गर्ने सोचमा थिएँ, तर मसँग धेरै अभिनयका प्रोजेक्ट थिए । त्यही भएर मैले निर्देशनका लागि समय निकाल्न सकिनँ,’ उनले भनिन् ‘अब मसँग समय छ र मलाई लाग्छ कि म मानिसहरूको नाडी जान्दछु ।’
सन् २५ जुन १९७५ मा इन्दिरा गान्धीको नेतृत्वमा रहेको कांग्रेस सरकारले देशभर सङ्कटकाल लगाएको थियो । यो कथामा फिल्म बन्न लागेकोमा दर्शक पनि उत्साहित छन् । फिल्म २५ जुन २०२३ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण