सन्तोष र अमृता अभिनित गीत ‘हजुरै हो’ सार्वजनिक
डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीत ‘हजुरै हो ’ सार्वजनिक भएको छ । बोधश्रीको शब्द, डीआर सुजनकै संगीत र बिनोद बाजुरालीको संगीत संयोजन गीतमा छ ।
गीतको भिडियोमा टिकटकमा पत्नी पीडित बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका सन्तोष पौडेलको अभिनय छ । भिडियो अभिनयमा उनलाई वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभ लाग्दो नृत्य र भावुक कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अवसरमा सार्वजनिक गरिएको हो ।
कोरोना महामारीको समयमा लगाइएको लकडाउनमा समय कटाउन र अभिनयको शौख पूरा गर्न टिकटक बनाउन थालेका सन्तोष छोटो समयमै सो सामाजिक सञ्जालमा हिट हुन पुगेका थिए ।
गीतको भिडियोमा बिधुवा नारीप्रति समाजले गर्ने दुर्व्यवहार र मदिरा सेवन गरी परिवार र सन्तानलाई दुर्व्यवहार गर्ने पुरुषको कथा प्रस्तुत गरिएको छ । सुन्दा रमाईलो लाग्ने र हेर्दा भावविहोल बनाउने भिडियोमा विधुवा महिलासँगको भएको प्रेम र विवाहलाई समाज र घर परिवारले गर्ने ब्यबहारलाई पस्किएको छ ।
भिडियोको निर्देशन डीआर सुजनले गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण