लागुऔषधविरुद्ध सचेतना फैलाउन प्रहरी विद्यालयमा
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध नियन्त्रण र बालविवाह न्युनीकरणका गर्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध रोकथाम बालविवाह न्युनिकरण सम्बन्धी सचेतना दिइन लागिएको हो ।
छात्रछात्राहरूलाई लागु औषध नियन्त्रण, बालविवाह न्यूनीकरण,सवारी दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना लगायत चेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी निरिक्षक धर्मराज जोशीले बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यस्ता अपराधिक क्रियाकलाप रोक्न सचेतना दिन जरुरी छ ।
लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवन कर्ताहरूमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा प्रहरीले जानकारी गराएको छ । लागुऔषध दुर्व्यसन विरुद्धको अभियान लिएर यहाँका माध्यमिक विद्यालयमा प्रहरी आफै पुग्ने गरेको छ।
लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन थालेका हुन्। प्रजिअ नै विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा विद्यार्थी जागेका छन्। उनीहरु लागुऔषधविरुद्धका सचेतना फैलाउने, अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण