बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु
बुधबार, ०४ साउन २०७९, १५ : १२
कपिलवस्तुमा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नं ९ चुम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मोटरसाइकल चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको हो । घटनामा उनकी बहिनी १७ वर्षकी कुस्मा केसी घाइते भएकी छन् । उनलाई उपचारका लागि बुटवल ल्याएको छ ।
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गारुसिंगेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण