१ वर्षीया बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने प्रयास !
विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । दुई जनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोकछेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए ।
२ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्न मन लागेको भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निउ बनाएर अनुले दिपेनको आँखा छलि बच्ला लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र साह मोटरसाइकल लिएर स्टेण्डबाइ बसेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि रविन्द्र साहको प्र.१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौली पुर्याई, उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रविन्द कुमार साह सोही दिन विराटनगर फर्केका थिए ।
योजनाकार रविन्द्रले अनु साहको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमार्फत बालिका हराएको कुरा पोष्ट गरेको कुरा हटाउन धम्की समेत दिएका थिए । भारतको दरभंगामा अनु साहले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै घटनाका योजनाकार रविन्द्र साहलाई भने बुढीगंगा १ स्थित निजले संचालन गरेको श्रीराम टेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ ।
प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण