दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत
समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त बजेट स्वीकृत गरेको हो ।
परिषद्का अनुसार दश महिनामा स्वीकृत भएको कूल बजेट २६ अर्ब ६७ करोड ४४ हजार ५८३ रुपैयाँ रहेको छ । यो रकममध्ये एनजीओहरुले २६ खर्ब १२ करोड ३० लाख ४० हजार १८६ रुपैयाँ बाह्य दाताबाट प्राप्त गर्नेछन् । बाँकी ५४ करोड ७० लाख ४ हजार ३९७ रुपैयाँ भने एनजीओहरुले आन्तरिक रुपमा व्यवस्थापन गर्ने परिषद्ले जनाएको छ ।
दश महिनाको अवधिमा परिषद्ले विभिन्न एनजीओका १ हजार १५५ वटा प्रोजेक्टहरुलाई स्वीकृति प्रदान गरेको छ, जहाँ उक्त रकम खर्च गरिने छ । एनजीओका कार्यक्रम देशका ७७ वटै जिल्लामा रहेका छन् । स्वीकृत भएको बजेट केही एक वर्षको लागि र केही पाँच वर्षे कार्यक्रमको लागि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण