भारत प्रस्थानको तयारीमा रहेको साफ यू-२० नेपाली फुटबल टिमको बिदाइ
साफ यू-२० मा सहभागी हुन भारत प्रस्थानको तयारीमा रहेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिदाइ गरिएको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।
मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहने छ।
टिममा ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमीत श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा, दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतीशरत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण