सुविधासम्पन्न अस्पताल बनाउन २ अर्ब ५४ करोड कर्जा स्वीकृत
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १०० श्ययाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माण तथा सन्चालन गर्न २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागितामा बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो । सहमतिअनुसार उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड १ अर्बसम्म लगानी गर्ने छ ।
बिहीबार सम्पन्न भएको सम्झौता समारोहमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण