‘शमशेरा’को कमजोर सुरुवातः विश्वभर फिल्मका शोहरु कटौती गर्न थालियो
बलिउड अभिनेता रनवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
यसको प्रत्यक्ष असर फिल्मको बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो दिन बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । रिपोर्टका अनुसार १५० करोड भारुको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा जम्मा १०.२५ करोड भारु मात्र कलेक्सन गर्न सक्यो ।
फिल्म विश्वभर ५५०० स्क्रिनमा रिलिज भएको छ भने भारतमा ४३५० स्क्रिन पाएको छ । तर यति धेरै स्क्रिन पाउँदा पनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।
खराब प्रदर्शनपछि हुन थाले शो रद्द
पहिलो दिनको खराब प्रदर्शनपछि विश्वभर फिल्मका धेरै शो रद्द गरिएको बताइएको छ । फिल्म व्यापार विश्लेषकहरूले रनवीरको लामो समयपछि आएको यो फिल्म उनको अर्को फ्लप फिल्म हुने देखिएको बताएका छन् ।
रनवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फर्किएका छन् । पछिल्लो पटक रनवीर सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ मा देखिएका थिए ।
शमशेरा रनवीर कपूरको करियरको छैटौँ सर्वाधिक ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । रनवीरको सबैभन्दा धेरै ओपनिङ डे कमाई गर्ने फिल्म सञ्जु फिल्मले पहिलो दिन ३४.७५ करोड भारु कमाएको थियो ।
त्यसपछि उनका धेरै ओपनिङ डे कमाई गर्ने फिल्महरु क्रमशः बेशर्मले २१.५६ करोड भारु, ए जवानी हे दिवानीले १९.४५ करोड भारु, ए दिल हे मुश्किले १३.३ करोड भारु र तमाशाले १०.९४ करोड भारु कमाएका थियो ।
तर ओपनिङ डेको कमाईको हिसाबले यस फिल्मले यसै वर्ष आएका अक्षय कुमारको ‘पृथ्वीराज’ (१०.७० करोड भारु ) र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ (१०.५० करोड भारु) लाई उछिन्न सकेन ।
‘शमशेरा’ ले नाफा कमाउनको लागि समग्रमा १६५ करोड भारु कमाउनुपर्नेछ । तर पहिलो दिनको कमाइका आधारमा फिल्मले त्यस्तो व्यापार गर्ने सम्भावना कम देखिएको फिल्म व्यापार विश्लेषकले आकलन गरेका छन् ।
करण मल्होत्राले निर्देशन गरेको यस फिल्ममा रनवीरका अलावा संजय दत्त, वाणी कपूर, रोनित रोय र सौरभ शुक्ला पनि प्रमुख भूमिकामा छन् ।
यो वर्ष हालसम्म भारतको हिन्दी भाषामा रिलिज भएका फिल्ममध्ये ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म केजीएफ २ रहेको छ । यसले पहिलो दिन ५३.९५ करोड भारु कमाएको थियो । त्यसपछि हलिउड फिल्म डक्टर स्ट्रेन्जरको हिन्दी भर्सनले २८.३५ करोड कमाएर दोस्रो स्थानमा रहेको छ ।
ओपनिङ डेमा सबेभन्दा धेरै कमाई गर्ने तेस्रो र चौथो फिल्म पनि डब फिल्म नै छन् । ती क्रमशः आरआरआर(२०.०७ करोड भारु) र थोरः लभ एण्ड थण्डर(१८.६० करोड भारु) हुन् ।
ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्ने पाँचौ स्थानमा बल्ल मौलिक रुपमा हिन्दी भाषामै बनेको फिल्म रहेको छ । पाँचौ स्थानमा रहेको भूलभूलैयाले १४.११ करोड भारु कमाएको थियो ।
पहिलो दिन धेरै कमाउने हिन्दी भाषी फिल्मको सुचिमा शमशेरा नवौँ स्थानमा छ । शमशेराअघि बच्चन पाण्ड छैटौँ स्थानमा, सम्राट पृथ्वीराज सातौँ र गंगुबाई काठियावाडी आठौँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
-
भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण