पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर
मङ्गलबार, १० साउन २०७९, ०६ : ५४

नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ। थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि सुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्नेछ।
एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ। सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी पुरानो चेरी कार सँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाखसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाखसम्म उपलब्ध हुनेछ।
ग्राहकलाई १ वर्षको इन्स्योरेन्स १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी