सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए : अमेरिकी जनरल

मङ्गलबार, १० साउन २०७९, १० : ३०
मङ्गलबार, १० साउन २०७९

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् । 

अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।

चिनियाँ जनरल ली जुओचेङले यस महिना मिलेसँगको टेलिफोन अन्तर्वातामा ताइवानमा सम्झौताको लागि कुनै ठाउँ नभएको बताएका थिए । चीनले हालै सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेर दक्षिण प्रशान्त क्षेत्रमा नौसेना अड्डा स्थापना गर्ने राष्ट्रपति सी शासनको स्पष्ट आशयमाथि अमेरिकी डर पैदा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप