प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए : अमेरिकी जनरल
मङ्गलबार, १० साउन २०७९, १० : ३०
संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् ।
अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।
चिनियाँ जनरल ली जुओचेङले यस महिना मिलेसँगको टेलिफोन अन्तर्वातामा ताइवानमा सम्झौताको लागि कुनै ठाउँ नभएको बताएका थिए । चीनले हालै सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेर दक्षिण प्रशान्त क्षेत्रमा नौसेना अड्डा स्थापना गर्ने राष्ट्रपति सी शासनको स्पष्ट आशयमाथि अमेरिकी डर पैदा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण