ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी
मङ्गलबार, १० साउन २०७९, १८ : ००
ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ ।
नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको छ।
बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण