ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी
मङ्गलबार, १० साउन २०७९, १८ : ००

ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ ।
नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको छ।
बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था
-
खेलाडीले सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्छन् : मन्त्री पौडेल
-
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ : प्रधानमन्त्री ओली