प्रदेश १ नामकरणमा पहिचानवादीको दबाब : बाहिर धान नाच, भित्र मुन्धुम गीत (फोटो)
प्रदेश १ को नामकरणको बहस चर्किरहेको बेला प्रदेशसभा भित्र पनि पहिचानवादी सांसदहरूको आवाज चर्को बन्न थालेको छ । प्रदेशसभाको सोमबारको बैठकमा सांसद पूर्णप्रसाद राई याम्फुले शून्य समय लिएर झण्डै ३ मिनेट नै मुन्धुम गीत गाए ।

किराँतीहरूको मुन्धुमको कुरा राख्ने अनुमति चाहन्छु भन्दै उनले ‘यी.....र पोपो....’ बाट सुरु गरेका उनले आफ्नो शून्य समय गीत गाएरै व्यतीत गरे । उनले अन्तिममा प्रकृतिको वर्णन मुन्धुममा गरिएको भन्दै किराँत पहिचानको व्याख्या गर्न खोजेका थिए । यस्तै प्रदेशसभाको मंगलबारको बैठकमा पनि पहिचानवादी सांसदहरू सीतादेवी थेबे, सौभाग्यवती देवी राईले नेपालको इतिहास किरात भएको भन्दै संसद्मा चर्को भाषण गरे ।

पहिचानवादी संघ संगठनले विभिन्न राजनीतिक दलका नेताहरूको घरघरमा पुगेर पहिचानको पक्षमा सघाउन दबाब पनि दिँदै आएका छन् । सोही दबाबको प्रभाव स्वरूप एमालेका सांसद सर्वध्वज साँवाले प्रदेशसभामा ‘गुहार... गुहार’ भन्दै आफूहरू घेराबन्दीमा परेको बताएका थिए । प्रदेशको नामकरणमा ढिलाइ हुँदा सुरक्षा थ्रेट बढेको भन्दै गोप्य मतदानको व्यवस्था गर्न पनि उनको माग थियो । ‘कसले के नाममा मत दियो भन्ने सबैले जानकारी पाउँदा सांसदहरूलाई झन् जोखिम बढ्ने भयो,’ सांसद सावाँले भनेका थिए, ‘गुहार, गुहार सभामुखज्यू हामी असुरक्षित भयौँ ।’
यता सांसदहरूले प्रदेशसभामा भाषण गरिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधर ३५ भन्दा बढी संघ संगठनले नाराबाजी, भाषण र धर्ना दिइरहेका थिए ।

केही दिन अगाडिदेखि प्रदेशसभा सञ्चालन भएको समयमा कहिले किरात राई यायोक्लेया त कहिले किरात लिम्बुवान सङ्घर्ष समितिले आन्दोलन, प्रदर्शन र धर्नालाई निरन्तरता दिइरहेका छन् । किराँती समुदायले दुई दिन अगाडि संसद् भवन अगाडि साकेला सिल्ली प्रदर्शन गर्दै झण्डै २ घण्टा बिताएका थिए । उनीहरुले ढोलझ्याम्टा सहित सांसदहरूले सुन्ने गरी नाराबाजी पनि गरेका थिए ।

यस्तै मङ्गलबार पनि किरात लिम्बुवान संयुक्त सङ्घर्ष समितिले धान नाच प्रस्तुत गरे । प्रदेश १ को नामकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै उनीहरुले धान नाच प्रस्तुत गरेका थिए । यस्तै बीचबीचमा उनीहरुले चर्को भाषण पनि गरेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण