कराँते प्रशिक्षकद्वारा जबर्जस्ती करणी प्रकरण: परीक्षामा सहयोग गरेबापत बलात्कार !
सुरज सुवेदी विराटनगरस्थित विराट हेल्थ कलेजमा अनुशासन विभागका (डिआई इन्चार्ज) हुन् । उनै सुवेदीले सोही कलेजकी एक युवतीलाई परीक्षामा सहयोग गरेबापत बलात्कार गरेको उजुरी परेको छ । उक्त बलात्कारमा सुवेदी सहित विराटनगरका विनोद राउत पनि संलग्न रहेको उजुरीमा छ ।
७ वर्षअगाडिदेखि जागिर खाएका उनले १ वर्ष अगाडीदेखि ती किशोरीसँग चिनजान गरेका थिए । कलेजले लिने परीक्षामा ती किशोरीलाई सुवेदीले सहयोग गरेका थिए । सहयोग गरेको भन्दै सुवेदी जेठमा किशोरीको कोठामा गए र मादक पदार्थ सेवन गरी बलात्कार गरे ।
कोठा बाहिर पानी लिन गएको मौका छोपी सुवेदीले युवतीलाई मापसे गर्नु अगाडि औषधि हालेर पिलाएका थिए । युवती बेहोस बनाएपछि उनले करणी गरेको र भिडियो पनि खिचेको उजुरीमा उल्लेख छ । त्यही भिडियो देखाएर सुवेदीले आफू र उनका साथी विनोद राउत मिलेर विराटनगर अस्पताल अगाडिको एक होटलमा जबरजस्ती करणी गरेको पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
‘डेरामा सुवेदीले जबरजस्ती गरेपछि भिडियो बनाएको धम्की दिने गरेका थिए । करणी गरेको हल्ला गरे भिडियो सार्वजानिक गरिदिने धम्की दिदै सुवेदी र राउतले पटक पटक होटलमा लगेर जबरजस्ती करणी गरे,’ जाहेरीमा उल्लेख छ ।
सुनसरी घर भई विराटनगरको नर्सिङ कलेजमा अध्ययनरत छात्रा राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला कराँतेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि कराँतेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए । प्रहरीले मंगलबार दोस्रो पटक मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
साउन ८ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले सोही दिन दुई दिनको म्याद थप गरेको थियो । मंगलबार म्याद थप गरेको समय सीमा सकिएपछि दोस्रो पटक दुई दिनको म्याद थप गर्दै अनुसन्धान गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । पक्राउ परेका आरोपी मध्ये सुवेदीले पछिल्लो पटक असार २८ गते किशोरीको डेरामा जबरजस्ती करणी गरेको आरोप छ ।
राउत एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गतको विज्ञ विभागका सचिव हुन् भने सुवेदी खेलकुद महासंघका केन्द्रीय सदस्य हुन् । राउत कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् । उनी विराटनगरका विभिन्न सामाजिक संघसंगठनमा पनि रहेका छन् भने जग्गा कारोबारी पनि हुन् । सुवेदी भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण