जुम्ल्याहा सन्तान जन्माउँदै आलिया भट्ट ? भन्छिन्, ‘रणबीरले आफ्नै खुट्टामा बञ्चरो हाने’
बलिउडकी क्षमतावान् नायिकाको सूचीमा पर्ने आलिया भट्ट गर्भवती छिन् । आलियाले आफ्नो सन्तानका लागि निकै उत्साहित भएको बताएकी छिन् । आलियाको गर्भावस्थाबारे धेरैको चासो छ । आलिया र रणबीर जुम्ल्याहा सन्तानका अभिभावक बन्न लागेको खबर पनि भारतीय सञ्चार माध्यममा आएका थिए । । रणबीरको एउटा बयानपछि यस्तो अनुमान गरिएको थियो । अब आलियाले जुम्ल्याहा बच्चाको खबरमाथि प्रतिक्रिया दिएकी छिन् ।
आलियाले आरजे सिद्धार्थ कननसँगको कुराकानीमा सबै अड्कलबाजीमाथि पूर्णविराम लगाउँदै आफूले जुम्ल्याहा बच्चा नजन्माउने स्पष्टिकरण दिएकी छिन् । आलियाले भनिन्, ‘हे भगवान, सिंगुलर । रणबीर कुनै रिलमाथि मजाक गरिरहेका थिए र उनले आफ्नै खुट्टामा बञ्चरो हानेका छन् । हाम्रो देशमा अरु कुनै ठूला खबर छैनन् कि यो ठट्टा पनि समाचार बन्यो । मानिसहरुले मेरो र रणबीरको खुसी र स्वास्थ्यका लागि प्रार्थना गर्नुपर्छ । मलाई पनि यो कुरा पछि मात्रै थाहा भयो ।’
रणबीर कपुरले के भनेका थिए ?
एक अन्तरवार्तामा रणबीर कपुरलाई आफ्ना बारे साँचो र झुटो कुरा भन्न लगाइएको थियो । त्यसपछि अरु नै कुराको बीचमा रणबीरले आलियाको जुम्ल्याहा सन्तान हुनसक्ने बताएका थिए । पछि रणबीरले ठट्टा गरिरहेको पनि बताएका थिए । रणबीरले मिडियालाई यसलाई विवाद नबनाइदिन अपिल पनि गरेका थिए ।
रणबीर कपुर र आलिया भट्टले यसै वर्ष अप्रिलमा विवाह गरेका थिए । अघिल्लो महिना मात्रै आलियाले आफ्नो गर्भावस्थाबारे जानकारी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण