बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आरजु र चौथाइवालेबीच दिल्लीमा भेटवार्ता

बुधबार, ११ साउन २०७९, १३ : ०५
बुधबार, ११ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ । उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् ।

चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् । 

हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप