चिडियाखानामा दुई चिम्पान्जीको बाल्यकाल, जो सेलिब्रेटी बनिरहेछन् (फोटोफिचर)
नाइजेरियाबाट अवैध रुपमा तस्कर हुने क्रममा नेपालबाट करिब ५ वर्षअघि उद्दार गरिएका दुई चिम्पान्जी अहिले सदर चिडियाखानामा आफ्नो बाल्यकाल रमाइलोसँग बिताइरहेका छन् । उनीहरुका गतिविधि हेरेर त्यहाँ पुग्ने दर्शकहरु मख्ख पर्ने गर्छन् । उनीहरु कहिले एक अर्कालाई त कहिले हेर्न आएका मान्छेलाई जिस्काउँछन् । कहिले बल खेल्छन् त कहिले पिङ् । उनीहरुको खेल हेर्न दर्शकहरुको भीड लाग्ने गर्छ ।

‘मानिसको जस्तै चिम्पान्जीको पनि बाल्यकाल र वयस्क अवस्था भन्ने हुन्छ । अहिले हाम्रो सदर चिडियाखानामा ल्याइएका चम्पा र चिम्पु ५ वर्षका भए । उनीहरु १३ वर्षको नभइ वयस्क भन्न मिल्दैन । त्यसैले अहिले हामीले उनीहरुलाई मानिसको बच्चा जस्तै स्याहार सुसार गरिरहेका छौं’, सदर चिडियाखानाकी प्रवक्ता लिना चालिसेले रातोपाटीलाई बताइन् ।
सिआइबीले ५ वर्षअघि महाराजगन्जको एक घरबाट उनीहरुलाई उद्दार गरेर सदर चिडियाखानालाई जिम्मा लगाएको थियो । केही महिना अघि मात्रै चिडियाखानामा नयाँ घर बनाएर राखिएका चिम्पा र चिम्पुलाई हेर्नकै लागि भए पनि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

‘यहाँ आउनुहुने अवलोकनकर्ताहरु पहिला पहिला बाघ र चितुवा हेर्न भनेर आउनुहुन्थ्यो तर अहिले चम्पा र चिम्पु आएदेखि उनीहरुलाई हेर्न आउनुहुन्छ । उनीहरु अहिले सेलिब्रेटी भइसके’ चालिसेले भनिन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण