रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता
रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति भएको प्रहरीको भनाइ छ । कल सेन्टरबाट हुने अवैध धन्दामा उनको संलग्नता रहेको आशंकामा प्रहरीले सुरुमै पक्राउ गर्न खोजे पनि उनी फरार थिए ।छापा मार्दा भारतको बिहार राज्यका निरञ्जन कुमारसहित दाङ, घोराही उपमहानगरपालिका–१३ का हिमाल बाठा मगरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । घटनाबारे आवश्यकता अनुसार कल सेन्टरका अन्य २४० जना कर्मचारीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीको टोली ३ दिनपछि फिर्ता
कल सेन्टरबाट भएको ठगीबारे अनुसन्धान गर्न काठमाडौंबाट आएको सीआइबीको टोली ३ दिनपछि फिर्ता गएको छ । डीएसपीको कमान्डमा आएको दुई सदस्यीय टोलीले प्राविधिक पाटोको अनुसन्धान गरेर फर्किएको जनाइएको छ ।
टोलीले कल सेन्टरमा रहेका कम्प्युटर, मोबाइल आदिको अनुसन्धान गरेको छ । केही आवश्यक सामग्रीहरु सीआइबीको टोलीले थप अनुसन्धानका लागि काठमाडौं लगेको छ । कल सेन्टरमा प्रहरीले छापा मार्दा २५६ कम्प्युटर, ६ थान ल्यापटप लगायतका सामग्री बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण