एसपीपीको गाँठो फुकाउन लु नेपालमा
दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन्। अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाडौं आएका हुन्। लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण