कर छलीको मामिलामा शकिराविरुद्ध ८ वर्ष बढी जेल सजायको माग गरिने
कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ ।
रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन् । यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन। यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गरेको जानकारी दिएकी थिइन् । उनले भनेकी छन्, ‘म निर्दोष छु । अब यो मुद्दा अदालतमा जान दिनुहोस्। कर छलीका सबै आरोपमा म त्यहाँ आफू निर्दोष भएको प्रमाणित गर्नेछु। मैले कुनै पनि प्रकारको कर छलेको छैन।’
शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा समाचारमा आएको थियो । त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीमा करिब १५ करोड ५० लाख डलर जम्मा नगरेको आरोप लगाएका थिए । यस मामिलामा शकिरा २०१९ को जुनमा अदालतमा हाजिर भइन् । उनले आफ्नो बयानमा गल्ती अस्वीकार गरेकी थिइन् । उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
-
जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
-
‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण