कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिइन्। उनका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्। बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ। तर सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण