शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्वा चौथबारे रत्न पाठक शाहले के भनिन् त्यस्तो ? ट्रोलर्सले पिछा छाेडेनन्

आइतबार, १५ साउन २०७९, १० : १९
आइतबार, १५ साउन २०७९

कर्वा चौथ बारे एक बयान दिएपछि चलचित्र अभिनेत्री तथा दिग्गज अभिनेता नसिरुद्दीन शाहकी श्रीमती रत्ना पाठक शाहलाई सामाजिक सञ्जालमा निशाना बनाइएको छ ।

रत्न पाठक शाहले मनोरन्जन वेबसाइट ‘पिंकभिला’लाई दिएको अन्तरवार्तामा भारत अति रूढिवादी बन्दै गएको र साउदी अरेबिया जस्तो हुनसक्ने बताएकी थिइन्  ।

कर्वा चौथको व्रत नमान्ने भन्दै उनले २१औँ शताब्दीमा पनि महिलाले कसरी पुरानो परम्परा बोक्दै आइरहेको होलान् भनेर आश्चर्य व्यक्त गरिन् । उनले रूढिवादी समाजमा, महिलालाई नै सबैभन्दा पहिला निशाना बनाइने बताएकी छिन् ।

तर अन्तरवार्तामा साम्प्रदायिकताको विषयमा भारतको हालको अवस्था र महिलाको रुढीवादी विचारबारे कुरा गरेलगत्तै सोसल मिडियामा उनलाई ट्रोल गर्न थालियो ।

रत्ना पाठक शाह ट्रोलको निशानामा परिन्

एलिफेन्ट सिंह नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘रत्ना पाठकले शाहले हलाला र तीन तलाकबारे बोल्ने छैनन् किनभने यसबारे बोले उनीमाथि के हुनसक्छ भन्ने राम्रोसँग थाहा छ ।’

एसजी नामका एक प्रयोगकर्ताले लेखे, ‘नमस्ते ! रत्ना पाठक शाह, यदि करवा चौथको लोकप्रियता भारी पछ्यौटेपनको निशानी हो भने आफ्नो अभियान घर नजिकैबाट किन सुरु गर्नुहुन्नँ ? करण जोहर, शाहरुख खान, यश चोपडा र सञ्जय भंसालीको पछि किन पर्नुहुन्नँ जसले केकेकेजी, डिडिएलजे, एचडीडीसीएसमा कर्वा चौथलाई ग्ल्यामराइज गरे । हामीले कहिल्यै उनीहरुले यसको विरोध गरेको देखेनौँ ।’

सिंह नेहा नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘रत्न पाठक शाहले विधवापनबारे धेरै नै भनेकी थिइन् । महिला भएको नाताले मलाई विधवाहरूको पीडादायी अवस्थाबारे थाहा छ । तर म उनीसँग पूर्णतया सहमत छैन किनभने आजका महिलाहरू, विशेष गरी आधुनिक महिलाले विधवा हुनुलाई यसरी हेर्दैनन् ।’

साहिल खुराना नामका एक प्रयोगकर्ताले रत्न पाठक शाहलाई निशाना बनाउँदै लेखेका छन्,  ‘नसिरुद्दीन शाहकी श्रीमती रत्ना पाठकले हिन्दु परम्पराको अपमान गर्छिन् । तर महिलाले हिजाबभन्दा बढी शिक्षालाई महत्त्व दिँदा उनी कहिल्यै बोल्दिनन् । आजकाल उनी आफ्नो पतिलाई पछ्याइरहेकी छिन् जसलाई भारतमा आफ्नो सुरक्षाको चिन्ता छ ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘रत्ना पाठक शाह एक उत्कृष्ट अभिनेत्री हुन् । म उनको कामको प्रशंसा गर्छु ।  तर त्यस्ता भनाइहरू ठीक होइनन् किनभने यसो गर्दा मानिसहरूले ‘लिबरल्स’ माथि तुष्टिकरणको राजनीति गरेको भन्दै आरोप लगाउन थाल्छन् । उनीहरुले एउटा धर्मलाई मात्रै आलोचनाको शिकार बनाउँछन् भन्ने गरिन्छ ।’

रत्ना पाठक शाहले के भनेकी थिइन् ?

पिंकभिलालाई दिएको अन्तरवार्तामा रत्न पाठक शाहले भनेकी थिइन्, ‘हाम्रो समाज दिनप्रतिदिन रूढिवादी बन्दै गइरहेको छ, हामी अन्धविश्वासी बन्दै गएका छौँ । हामीलाई धर्म अपनाउन र यसलाई आफ्नो जीवनका महत्वपूर्ण हिस्सा बनाउनका लागि बाध्य पारिँदैछ । अचानक सबैले सोधिरहेका छन् – तपाईं कर्वा चौथको ब्रत बस्नुहुन्नँ ? आजसम्म मलाई धेरैले यस्तो प्रश्न सोधेका छैनन् । अघिल्लो वर्ष एकजनाले सोधेका थिए र मैले भनेकी थिएँ – म पागल छु र ? आधुनिक शिक्षित महिलाले कर्वा चौथको ब्रत बसिरहेका छन्, यो भयानक छैन र ?’

उनले भनिन्, ‘श्रीमानको जीवनको लागि प्रार्थना गर्छन् ताकि उनीहरुले जीवनमा केही वैधानिकता पाउन सकून् ? भारतमा विधवा हुनु भयानक हो, होइन त ? त्यसैले मलाई विधवा हुनबाट जे कुराले जोगाउँछ, त्यो म गर्नेछु । साँच्चै हो ? हामी २१ औँ शताब्दीमा यस्तो खालका कुुरा गरिरहेका छौँ ?’

भारतको हालको परिस्थितिमाथि रत्नाले ठट्टा गर्दै भनिन्, ‘के हामी साउदी बन्ने यात्रामा छौँ ?’

उनले भनिन्, ‘हामी निकै रूढिवादी समाजमा रुपान्तरित हुँदै छौँ । यस्तो समाजमा सबैभन्दा पहिला महिलामाथि प्रश्न उठाइन्छ । विश्वभरी हेर्नुहोस् । महिलाको जीवन नै यो सबै कुराले प्रभावित हुन्छ । साउदी अरबमा महिलाको के स्थिति छ ? के हामी साउदी अरबजस्तो बन्न चाहन्छौँ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप