जापानमा नेपाल फेस्टिभल, १ लाख भन्दा बढीले गरे अवलोकन
जापानमा नेपाल फेस्टिभल मनाइएको छ। कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो।
राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिभल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
फेस्टिभललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो। फेस्टिभल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए। उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र फेस्टिभल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागिता थियो। यस्तै फेस्टिभलमा टोकियोमा रहेका आधा दर्जन विदेशी नियोगका प्रतिनिधिहरू सहभागी थिए।
फेस्टिभलमा नेपालको पर्यटन, मौलिक कला संस्कृति, सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक खाना परिकारहरू प्रदर्शन गरिएका थिए। फेस्टिभलमा झण्डै दुई दर्जन नेपाली व्यवसायीको स्टल राखिएको थियो। फेस्टिभल अवधिभर निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो।
राजधानी टोकियो र आसपासका प्रान्तसहित सबैभन्दा टाढाको ओकिनावा, होक्काइदोबाट समेत नेपालीहरु फेस्टिभलमा सहभागी भएका थिए। झण्डै १ लाखले फेस्टिभलको अवलोकन गरेको बताइएको छ।
नेपालीबाहेक जापानी, बेलायती, अमेरिकी, भारतीय, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बस्ने दर्जनौं विदेशीहरुले फेस्टिभलको अवलोकन गरेका थिए। नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्यले जापानमा हरेक वर्ष नेपाल फेस्टिभल आयोजना गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण