नमुना विद्यालयकै नतिजा कमजोर
सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ ।
सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद्यालयकै कमजोर नतिजा देखिएपछि एकाइले समेत यी विद्यालयमा सरकारी लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको विश्लेषण गरेको छ ।
सरकारले घोषणा गरेको नमुना विद्यालयमध्ये काठमाडौँमा मात्रै नौवटा छन् तर ती सबै विद्यालयका एसईईको औसत नतिजा जिल्लाभरको औसतभन्दा कमजोर छ । नमुना विद्यालयमध्ये कालीदेवी माध्यमिक विद्यालय काभ्रेस्थलीको औसत नतिजा सबैभन्दा उच्च अर्थात् २.९१ रहेको छ ।
त्यस्तै कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयको औसत नतिजा २.८१ जीपीए रहेको छ । नमुना विद्यालय नै घोषणा भएको विश्व निकेतन माध्यमिक विद्यालय र कङ्काली माध्यमिक विद्यालयको नतिजा २.७९ रहेको छ तर विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थी सङ्ख्या सबैभन्दा धेरै अर्थात् २.३२ रहेको छ ।
नमुनामध्येकै कीर्तिपुरको जनसेवा, भगवतीबारीको शान्ति निकुञ्ज, जोरपाटीको चामुण्डा र धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयको औसत नतिजा क्रमशः २.६१, २.४९, २.४१ र २.३० जीपीए रहेको छ । त्यस्तै भद्रबासको आदर्श माध्यमिक विद्यालयको औसत नतिजा पनि २.२३ जीपीए छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण