थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन ।
तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ । करारमा रहेका जनशक्तिले नै धानिरहेको वीर अस्पतालमा जनशक्ति कम हुँदा आईसीयू/भेन्टिलेटर सञ्चालनमा समस्या परेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । उनले करारमा राखिएका स्टाफ नर्स हटाउने हो भने आईसीयू मात्र नभई अस्पतालका अन्य स्वास्थ्य सेवा पनि बन्द हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण