फर्निचर तथा काठको आयात बढ्यो
सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ। मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८/८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ। नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने १० अर्ब ३७ करोड ९४ लाख ९५ हजार रुपैयाँको आयात भएको थियो । गत आवमा काठ तथा फर्निचरजन्य सामग्रीको आयात १७ अर्ब ८२ करोड ७३ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको थियो । नेपालमा पर्याप्त मात्रामा वनजंगल भए पनि काठ तथा फर्निचरजन्य सामग्री निर्यातको अवस्था भने निकै कमजोर देखिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण