आज गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, १९ साउन २०७९, ०६ : ०२
हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती भने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण