मिस युनिभर्स नेपालको टप २० मा डा. आयुष्नोभा
बिहीबार, १९ साउन २०७९, १० : ११

डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन् । ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी भने एक्लो डाक्टर हुन् । प्रतियोगिताको उपाधि दावेदारको रुपमा समेत उनलाई हेरिएको छ ।
गतवर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी उनले मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी छन् । हाल काठमाडौंमा रहेर छाला रोग सम्बन्धि सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् ।
प्रतियोगितामा उत्कृष्ट २० पछि १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्यसहित आफू प्रस्तुत हुने आयुष्नोभाको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
-
भेरी नदीमा पौडी खेल्ने क्रममा १ जनाको मृत्यु, २ जना बेपत्ता
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु
-
हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
-
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
-
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह