मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध
शुक्रबार, २० साउन २०७९, ०७ : १२
मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो ।
यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।
गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण