शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, ब्राजिलको विश्वकप इतिहास र रोचक तथ्य

शुक्रबार, २० साउन २०७९, १० : १६
शुक्रबार, २० साउन २०७९

विश्वकप फुटबलमा सर्वाधिक सफल टोली हो, ब्राजिल । ब्राजिल एक मात्र यस्तो टोली हो जसले हालसम्म भएका सबै विश्वकप फुटबल खेलेको छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल देखि सन् २०२२ सम्मको विश्वकपमा सहभागिता जनाउने टोली ब्राजिल हो । 

ब्राजिल यो पटकको विश्वकपमा उपाधिको दाबेदार टोली हो । सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिलले सन् २००२ यता विश्वकप फुटबलको उपाधि जित्न सकेको छैन । ब्राजिलले पहिलोपटक सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप जितेको थियो । त्यसपछि ब्राजिलले सन् १९६२ को विश्वकप पनि जित्यो । 

उक्त विश्वकप जित्दै ब्राजिलले लगातार दुई पटक विश्वकप जित्ने टोलीको रुपमा आफूलाई स्थापित गर्यो । त्यसअघि इटालीको नाममा रहेको कीर्तिमान ब्राजिलले भंग गर्न सफल भयो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको छ । सन् २००२ यता ब्राजिल एक पटक मात्र सेमिफाइनलमा पुगेको छ । ब्राजिल सन् १९५० र १९९८ मा फाइनसम्म पुगेको थियो ।

तर, उपाधि भने जित्न सकेन । ब्राजिल दुई पटक तेस्रो पनि भएको छ । सन् १९३८ र १९७८ मा तेस्रो भएको हो । 

यस्ता छन्, ब्राजिल विश्वकपका इतिहासका तथ्य  

ब्राजिल सन् १९३० मा भएको उद्घाटन विश्वकपमा सहभागि भएका १३ टिम मध्यको एक हो । 

ब्राजिलका भाल्देमार डे ब्रिटो सन् १९३४ मा विश्वकपको फाइनलमा पेनाल्टी मिस गर्ने पहिलो खेलाडी हुन् । २७ मे १९३४ मा ब्राजिलको स्पेनसँग ३–१ ले हार्दा डी ब्रिटोले पेनाल्टी मिस गरेका थिए । सन् १९३४ को फाइनलमा ब्राजिलको त्यो एक मात्र खेल थियो ।

​सन् १९३८ को विश्वकपका सर्वाधिक गोलकर्ता ब्राजिलियन खेलाडी लियोनिडास हुन् । 

पोल्याण्डविरुद्धको १९३८ को फाइनल खेलको सुरुमा, ब्राजिलियन खेलाडी लियोनिडासले हिलो पिचमा खालि खुट्टा खेल्नका लागि जुत्ता फुकालेका थिए । त्यसपछि रेफ्रीले उनलाई तुरुन्तै जुत्ता लगाउन आदेश दिए । लियोनिडासले सोही खेलमा ४ गोल गरे । उनले समग्रमा ४ खेलमा ८ गोल गरेर १९३८ को प्रतियोगिताको शीर्ष गोलकर्ता बने ।

ब्राजिलले सन् १९५० मा घरेलु मैदानमा २ लाख दर्शकको अगाडि उरुग्वेसँग पराजित भएको थियो ।  

ब्राजिलियन टिम म्यानेजर जेजेले सन् १९५४ को विश्वकप ब्राजिलको मुख्य प्रशिक्षक भएका थिए । त्यस्तै आइमोर मोरेरा सन् १९६२ को विश्वकपमा ब्राजिलको प्रशिक्षक भएका थिए । यी दुई जना दाई–भाई हुन् । दुबैले ब्राजिलको प्रशिक्षकत्व सम्हाले । 

सन् १९७० को फाइनलमा इटालीलाई हराएपछि ब्राजिलका खेलाडी रिभेलिनो ब्राजिलका समर्थकहरुले बनाएको खुसीका कारण बेहोस भएका थिए उनलाई सोही सयमा अस्पताल भर्न गरिएको थियो । 

सन् १९७० को फाइनल खेलपछि ब्राजिलका खेलाडीहरूले जुल्स रिमेट ट्रफीलाई परेड गरेपछि ट्रफीको माथिल्लो भाग हराएको थियो । ब्राजिलका रिजर्भ डेभिओले स्टेडियमबाट बाहिर निस्केका युवा दर्शकबाट उक्त टप फिर्ता लिए । सोही समयमा नयाँ ट्रफी डिजाइन गरिएको थियो । 

सन् २००२ को क्वाटरफाइनलमा ब्राजिलले इङ्ल्यान्डलाई हराएपछि रोनाल्डोले आफ्नो कपालको स्टाइल परिवर्तन गरेका थिए । उनले रोबर्टो कार्लोसभन्दा फरक देखिन कपालको स्टाइल नै परिवर्तन गरेका थिए । रोनाल्डोका छोराले विश्वकपको क्वाटरफाइनलमा टिभीमा खेल हर्दा रोबर्टाे कार्लाेसलाई टिभीमा चुम्बन गरेका थिए । 

सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सन् २००६ को विश्वकपका लागि पहिले नै छनोट भएको थियो । किनभने फिफाले नियम परिवर्तन गर्दै विश्व कपको विजेताले स्वतः अर्को प्रतियोगिता खेल्ने नियम थियो । 

ब्राजिल सर्वाधिक दुई पटक विश्वकप आयोजना गर्ने अर्काे टिम हो । ब्राजिलले सन् २०१४ मा विश्वकप आयोजना गरेको थियो । त्यसअघि सन् १९५० मा विश्वकपको आयोजना गरेको थियो । 

ब्राजिल विश्वकपमा सार्वधिक गोल गर्ने टोली हो । ब्राजिलले २२९ गोल गरेको छ । जर्मनीले २२६ गोल गरेको छ । सर्वाधिक गोल कर्ताको सूचिको दोस्रो र पाँचौं स्थानमा ब्राजिलका दुई खेलाडी छन् । रोनाल्डो र पेले । रोनाल्डोले १५ गोल गरेका छन् भने पेलेले १२ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप